“यो सिजन ट्रफीको साथ अन्त्य गर्न चाहन्छु”

रियल म्याड्रिडका कप्तान सर्जियो रामोस ट्रफीको साथ यो सिजन समाप्त गर्न चाहन्छन्।

लिगलाई सुरु गर्ने उद्देश्यको साथ स्पेनका फुटबलरहरूलाई जून ४ देखि प्रशिक्षणमा फिर्ता जान दिनेतयारी भएको छ।

“सबैजनाको स्वास्थ्य जोखिममा पर्ने छैन। म फेरि खेल्न चाहन्छु , प्रतिस्पर्धा गर्न चाहन्छु, लालिगा र च्याम्पियन्स लिगमा मा,” उनले कोरोनाभाइरस बारेमा भने।

“म ट्रफीको साथ सिजन समाप्त गर्न चाहन्छु, तर सर्वप्रथम, हामीले उचित निर्णयहरू लिनु पर्ने छ, यी सबै बारे थाहा भएका मानिसहरूलाई पर्खनु पर्छ।”

म्याड्रिड कप्तानको वर्तमान सम्झौता २०२१ मा अन्त्य हुने छ।