“यो सिजन कोटिन्होमा भरोसा गर्दै छु”

यो सिजन फिलिप कोटिन्होमा आफूले विश्वास गर्ने बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले दाबी गरेका छन्। फिलिप कोटिन्होलाई बार्साले बेच्न सक्ने धेरै चर्चा भएको थियो तर उनको लागि बार्सालाई कुनै प्रस्ताव भने आएको थिएन ।

यो ट्रान्सफर विन्डो कोटिन्हो प्रिमियर लिगमा फर्किने पनि धेरै चर्चा भएको थियो तर बार्साका कोचले उनी यो सिजन क्लबको लागि महत्त्वपूर्ण खेलाडी हुने दाबी गरेका छन्।

कोम्यानले जोड दिए: “हाल कोटिन्हो त्यहाँ छैनन् किनकि मलाई लाग्छ कि क्लबका समूहको साथ प्रशिक्षणको लागि उनलाई अर्को हप्ता चाहिन्छ।

“म उनी माथि भरोसा गर्दै छु किनकि मलाई लाग्छ कि उनी एक राम्रो खेलाडी हुन्। उनी बार्सिलोना को लागी महत्त्वपूर्ण हुन सक्छन्। म यो सिजन उनी माथि भरोसा गर्दछु।

“कोटिन्होले बिभिन्न स्थानहरुमा खेल्न सक्छन्। हामीले (लियोनेल) मेस्सीको साथमा धेरै गोल पनि गुमाएका छौ र हामीले अन्य खेलाडीबाट त्यो ठाउँ भर्नु पर्छ र कोटिन्हो पनि ती मध्ये एक हुन्।”