“यो सिजनले मलाई मानसिक रूपमा निराश र थकित बनायो”- मेस्सी

बार्सिलोनाका सुपरस्टार मेस्सीले स्वीकार गरे कि यो सिजन उनको लागि तेती राम्रो रहेन भनेर। लिभरपूल र भ्यालेन्सिया संगको हार पछिबार्सिलोनाको ऐतिहासिक ट्रेबल को आशा चकनाचुर भएको थियो। तर अजै पनि मेस्सीले आफ्नो देश संग कोपा अमेरिका जित्ने मौका रहेको छ।


“यो सिजन समाप्त हुँदा शारीरिक रूप मा थकित हुनु भन्दा बढी मानसिक रूपमा निराश र थकित भए, यो सिजन धेरै कुराले दुखि भए विशेष गरी च्याम्पियन्स लिगको निरासाले”

‘शारीरिक रूमा मैले आराम गरे, अरु खेलाडीले भन्दा मैले कम खेल खेले’-

रसियामा भएको विश्वकपमा अर्जेन्टीनाको हार पछि मेस्सीले फेरी अन्तर्राष्ट्रिय खेलबाट रिटायर हुने हल्ला चलेको तर उनि कोपा अमेरिका खेल्ने छन्।