“यो वर्ष रोबर्ट लेवान्डोस्कीलाई बलोन डि’ओर दिनुहोस्, नत्र मेरो उनलाई दिनेछु”- लुइस स्वारेज

बालोन डी’ओर विजेता लुइस स्वारेजले यस रोबर्ट लेवान्डोस्कीले बलोन डि’ओर जित्नु पर्ने बताए भने यो वर्ष पनि उनले बलोन डि’ओर नजिते आफूले जितेको बलोन डि’ओर उनलाई दिने स्पेनिस लेजेण्ड दाबी गरे।

२०२०मा बायर्न म्युनिख सँग च्याम्पियन्स लिगको साथ ट्रेबल जिते पनि महामारीको कारण बलोन डि’ओर पुरस्कार समारोह रद्द भएको थियो भने जसको कारण उनले सो वर्ष बलोन डि’ओर जितेनन् तर यो वर्ष उनले जित्नु पर्ने स्पेनिस फुटबल लेजेण्ड लुइस स्वारेजले बताएका छन्।

यो वर्ष पनि लेवान्डोस्कीको फम निकै राम्रो रहेको छ भने यो वर्ष बलोन डि’ओरको दाबेदारमा मेस्सी, जोर्गिन्हो र रोनाल्डो सँग लेवान्डोस्की पनि रहेका छन् र यो वर्ष लेवान्डोस्कीले बलोन डि’ओर जित्न पर्ने १९६०का बलोन डि’ओर विजेता लुइस स्वारेजले दाबी गरेका छन्।

स्वारेजले कारुसेल डिपोर्टिभो सँग कुरा गर्दै भने: “यो वर्ष लेवान्डोस्कीलाई बलोन डि’ओर दिनुहोस्, नत्र, म उनलाई मेरो दिनेछु!”

पूर्व स्पेनी फुटबलर स्वारेजले फेरेन्क पुस्कासलाई पछि पार्दै १९६०मा बलोन डि’ओर जितेका थिए, उनी हाल लेवान्डोस्कीले बलोन डि’ओर जित्नु पर्नेमा समर्थन गर्दै छन्।