लेजेण्ड कोच सर एलेक्स फर्गुसनका अनुसार म्यानचेस्टर युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डो यो वर्षको बलोन डि’ओर जित्न योग्य छन्। यो वर्ष लियोनल मेस्सी, जोर्गिन्हो र एनगोलो कान्टेमा एकले जित्ने धेरैको विश्वास रहेको बेला पूर्व युनाइटेड कोचले रोनाल्डोको पक्षमा बोलेका छन्।
🗣️ “Cristiano deserves it.”
🗣️ “This year he’s broken record after record.”Sir Alex Ferguson believes that Cristiano Ronaldo “deserves” to win the Ballon d’Or ahead of Lionel Messi 👀https://t.co/yHIyG5XbvS
— SPORTbible (@sportbible) October 15, 2021
गत सिजन रोनाल्डोले युभेन्टस सँग कोप्पा इटालिय र इटालियन सुपर कप जितेका थिए तर लिग जित्न भने युभेन्टस असफल रहेको थियो। तर रोनाल्डोले युभेन्टसमा भने आफ्नो गोल गर्ने फम जारी राखे। उनी सिरी एको शीर्ष स्कोरर बने।युभेन्टस छोडेर युनाइटेड जानु अघि उनले युभेको लागि ३३ खेलमा उनले २९ गोल गरेका थिए।
मार्काका अनुसार, पूर्व युनाइटेड प्रबन्धकले भने रोनाल्डोले यो वर्षको बलोन डिओर जित्नु पर्ने बताएका छन्।
यो वर्ष बलोन डिओर जित्ने को योग्य रहेको बारे प्रश्न हुँदा सर एलेक्स फर्गुसनले भने “क्रिस्टियानो यसको योग्य छन्।
“यस वर्ष उनले रेकर्ड पछि रेकर्ड तोडेका छन्।”
Sir Alex Ferguson explains why Cristiano Ronaldo ‘deserves’ Ballon d’Or over Messi #mufc https://t.co/3en6B72XjA
— Man United News (@ManUtdMEN) October 15, 2021
२०२१मा रोनाल्डोले अन्तर्राष्ट्रिय गोलको रेकर्ड तोडेका थिए। इरानका अलि दाई लाई पछि पार्दै रोनाल्डो सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका थिए भने १० औँ अन्तर्राष्ट्रिय ह्याट्रिकको साथ उनी सबैभन्दा धेरै अन्तर्राष्ट्रिय ह्याट्रिक गर्ने खेलाडी पनि बनेका छन्।