‘यो वर्ष आर्सनलले लिग जित्ने भन्दा पृथ्वीमा एलियन भेट्ने सम्भावना बढी’

इंग्लिश क्लब आर्सनलले लिग नजितेको १५ वर्ष पुरा भएको छ र अहिले पनि जित्न सक्ने जस्तो देखा परेको छैन। कुनै बेला इंग्लिश लिगको एक खतरनाक टिम भनेर चिनिने क्लब केहि समय देखि खराब अवस्थामा रहेको छ। आर्सनलको हाल अहिले यति सम्म खराब छ कि फुटबलको बाजी लगाउने वेबसाइटमा अर्सेनलले यो वर्ष लिग जित्ने मा भन्दा यो वर्ष पृथ्वीमा एलियन भेट्ने सम्भावना बढी रहेको छ।

paddypower नामको बेटिंग साइटमा यो वर्ष आर्सनलले लिग जित्ने संभावना ५०/१ रहेको छ तर त्यहि साइटमा यो वर्ष पृथ्वीमा एलियन भेट्ने सम्भावना ५/१ रहेको छ, जसको अर्थ यो वर्ष आर्सनलले लिग जित्ने भन्दा पृथ्वीमा एलियन भेट्ने सम्भावना दस गुणा बढी छ।

पृथ्वीमा एलियन भेट्ने सम्भावना बढी हुनुको कारण फेसबुकको एउटा मिम रहेको छ, केहि मान्छेहरुले हास्यास्पद रुपमा फेसबुकमा एक कार्यक्रम सिर्जना गरे जस्मा मान्छेहरु अमेरिकाको गोप्य बेस ‘एरिया ५१’ मा गएर त्यहाँ छापा मार्ने र तय भएको रहस्य खोल्ने रहेको छ। उक्त कार्यक्रमको लागि १ मिलियन मान्छेले आफ्नो उपस्थिति हुने भनेर साइन गरेको छ।