‘यो वर्षको बालोन डि’ ओर मेस्सीले जित्नु पर्छ’ – भ्यान डाइक

भ्यान डाइक गएराति मात्रै च्याम्पीयन्स लिगको उपाधि उचालेका लिभरपुलका भरपर्दा डच डिफेण्डर हुन् । जसको अबरोधका कारण सेमिफाईनलमा बार्सिलोनाका अर्जेन्टाईन फरवार्ड लियोनल मेसीले गोल गर्न सकेनन् ।

तर आफुहरुले ३–० गोलको अग्रताका बिरुद्ध उत्कृष्ट पुनरागमन गरेर उपाधि हत्याएका तिनै भान डिक यो वर्ष भरीको उत्कृष्ट फुटबलरको उपाधि भने मेसीले जित्न सक्ने दावी गर्छन् । उनले भनेका छन् , ‘लियोनल मेसी यो वर्षको बालोन डि ओरका लागि उपयुक्त पात्र हुन् ।

नेदरल्याण्डका भरपर्दा डिफेण्डर भ्यान डाइक सन २०१८ मा लिभरपुलमा जोडिएपछि भरपर्दो प्रदर्शन गर्दै आएका छन् । कतिपयले भान डिक नै बेलोन डि ओरका लागि उपयुक्त र पहिलो डिफेण्डर हुने अड्कल गरिरहेका बेला उनले भने मेसीले जित्ने बताएका हुन् ।

उनले अघि भनेका छन्, ‘मलाई लाग्छ मेसी विश्वकै सर्बोच्कृष्ट खेलाडी हुन्,’मड्रिडमा गएराति टोटनह्याम विरुद्ध फाईनल सिट्ठ बजेपछि पत्रकारहरुसँग उनले भने, ‘त्यसैले मैले बालोन डि’ ओर बारे सोचेको छैन । यदी जिते भने थाप्ने छु, तर फाईनलमा पुगे पनि नपुगे पनि यसको दावेदार मेसी नै हुन् ।’

च्याम्पीयन्स लिगको उपाधि जितेपछि घाँटीमा गोल्डेन मेडल र हातमा बियरको बोत्तल बोकेर भ्यान डाइक पत्रकार सम्मेलनमा उपस्थित भएका थिए । त्यस क्रममा उनले भने, ‘यो उपाधिले लिभरपुललाई अर्को सिजन अझ राम्रो गर्न, म्यान्चेस्टर सिटीलाई जित्न प्ररित गर्नेछ ।’