यो वर्षको बलोन डि’ओर कान्टेले जित्न पर्ने फ्यानहरूको विश्वास 

चेल्सीका फ्रेन्च स्टार एनगोलो कान्टेको यो सिजन निकै राम्रो रहेको छ। च्याम्पियन्स लिगमा उनको निकै राम्रो प्रदर्शन थियो भने चेल्सीले च्याम्पियन्स लिग जित्नुमा उनको ठुलो भूमिका रहेको थियो। सिटी विरुद्धको फाइनल खेलमा पनि उनको निकै उत्कृष्ट प्रदर्शन रहेको थियो भने हाल उनी फ्रान्स सँग युरो कपको तयारीमा छन् र यो वर्ष फ्रान्सले युरो जिते यो वर्षको बलोन डि’ओर कान्टेले जित्न पर्ने फ्यानहरूको विश्वास रहेको छ।

हाल एक प्रसिद्ध ट्विटर ह्यान्डल इस्पेकटेक्टर इंडेक्सले गरेको सर्वेक्षणमा यो वर्ष बलोन डि’ओर कान्टेले जित्न पर्ने भनेर विश्वास गर्ने फ्यान धेरै रहेको देखाएको छ।

उक्त सर्वेक्षणमा १६७,३८९ फ्यानहरूको भोट रहेको छ भने मेस्सी, लेवान्डोव्स्की, एम्बाप्पे र कान्टे रहेको उक्त सर्वेक्षणमा कान्टेले सबैभन्दा धेरै ४२ प्रतिशत भोट पाए। दोस्रो स्थानमा मेस्सी रहे भने तेस्रो स्थानमा लेवान्डोव्स्कीको नाम रहेको छ।

 

यो सिजन कान्टेले च्याम्पियन्स लिग जिते पछि उनी प्रिमियर लिग,च्याम्पियन्स लिग र विश्व कप जित्ने उनी छैटौँ खेलाडी बन्ने भने यो वर्ष फ्रान्स सँग युरो जित्ने उनलाई ठुलो मौका रहेको छ।