यो रेकर्ड पुरा गर्ने क्रममा हलायन्डले रोनाल्डो, मेस्सी र एम्बाप्पेलाई पछि पारे

शनिवार बुन्डेसलिगामा बायर्न म्युनिख विरुद्धको खेलमा एर्लिङ हलायन्ड दुई गोल गरे गरे जसको मतलब उनले आफ्नो १०० क्यारियर गोल पुरा गरेका छन्।

बायर्न म्युनिख विरुद्धको ४-२को हारमा एर्लिङ हलायन्डले दुई गोल गर्दै आफ्नो १०० गोल पुरा गरे- उक्त उपलब्धि उनले अविश्वसनीय खेल रेकर्डमा प्राप्त गरेका छन्।

उनले आफ्नो पेशेवर क्यारियरमा मात्र १४६औ खेलमा १०० गोल पुरा गरे र उनले सो गोल रेकर्ड पुरा गर्न क्रममा मेस्सी, रोनाल्डो, एम्बाप्प्पे जस्तो खेलाडीलाई पछि परे।

फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले ३०१ खेल पछि १०० गोल पुरा गरेका थिए भने मेस्सीले २१० खेलमा पुरा गरे। उनले सो रेकर्ड पुरा गर्ने एम्बाप्पेले पनि पछि परे जसले १८० खेलमा १०० गोल पुरा गरेका थिए। हाल हलायन्डको प्रदर्शन निकै उत्कृष्ट रहेको छ। बोरुसिया डर्टमन्डको लागि हाल सम्म उनले ४६ खेलमा ४५ गोल गरेका छन्।

उनले आफ्नो १०० गोलको मेस्सी, रोनाल्डो, एम्बाप्पे जस्तो खेलाडी भन्दा छिटो पुरा गरेका छन्।