‘यो मेरो जीवनको सबैभन्दा गाह्रो निर्णय’ भन्दै आर्जेन रोब्बेनले गरे सन्यास घोषणा

नेदरल्यान्डस्का विङ्गर आर्जेन रोब्बेनले व्यावसायिक फूटबलबाट सन्यास लिएको छ ।

यस अघि रोब्बेनले बायन म्युनिख छाद्ने भनिएको थियो तर सन्यास लिने बारे कसैले पनि सोचेको थिएन ।

उनले सन्यास लिने सजिलो नरहेको बताए, ‘यो मेरो जीवनको सबैभन्दा गाह्रो निर्णय हो’ रोब्बेनले भने ।

रोब्बेनले चेल्सी, रियल म्याड्रीड र बायन म्युनिकबाट जम्मा ६०२ खेलमा २०९ गोल र १५८ असिस्ट गरेका छन ।

र उनले आफ्नो देश नेदरल्यान्डस्बाट ९६ खेल पनि खेले जसमा उनले ३७ गोल गर्न सफल भएको थियो ।