“यो मेरो क्लब हो”

फ्रयान्क लाम्पार्ड चेल्सी संग आफ्नो पहिलो सीजनबाट खुसी छन्। ब्लुजका लेजेण्ड चेल्सीको कोच बन्न सफल भए पछि उनले क्लबलाई लिगको चौथो स्थानको पुग्न मदत गरे भने एफ ए कपको फाइनलमा पनि चेल्सी पुगेको थियो ।

“मैले मेरो पहिलो सिजनमा साँच्चै रमाईलो गरें र मलाई लाग्छ कि लेस्टरको बिरूद्ध मेरो पहिलो होम खेलले अझै पनि मलाई निकै राम्रो महसुस दिन्छ” लाम्पार्डले भने।

“म सधैं फ्यानहरुको स्वागतको सम्झना गर्दछु, जब म पहिलो पटक चेल्सीको प्रबन्धकको रूपमा स्ट्यामफोर्ड ब्रिजमा आए। त्यो अवसरले साँच्चै मलाई नम्र बनाएको थियो, क्लबबाट खेलाडीको रुपमा टाढा जानु र पछि अर्कै रुपमा फर्केर आउन पाउँदा निकै खुसी छु।

“यो एउटा अचम्मको अनुभूति थियो र मलाई यो मन पर्यो। यो मेरो क्लब हो। धेरै भाग्यशाली व्यक्तिहरू छैनन् जो म जस्तो यो क्लब संग यस्तो शानदार यात्रामा जान पाएको छ। अब म यहाँ छु, यस स्थानमा , म यसको उत्तम उपयोग गर्न चाहन्छु। “