यो महिना पोर्चुगल राष्ट्रिय टिम सँग क्रिस्टियानो रोनाल्डोले ऐतिहासिक रेकर्ड बनाउन सक्ने

फुटबलमा पोर्चुगल राष्ट्रिय टिमबाट ऐतिहासिक रेकर्ड बनाउन मार्चको महिना क्रिस्टियानो रोनाल्डोलाई ठुलो मौका हुने छ।

हाल रोनाल्डो राष्ट्रिय टिमबाट सबैभन्दा गोल गर्ने खेलाडीको सुचीमा १०२ गोलको साथ दोस्रो स्थानमा छन् र पहिलो स्थानमा रहेका अली डेईको रेकर्डमा पुग्न उनलाई ७ गोलको आवश्यकता छ र मार्च महिनाको अन्त्य तिर पोर्चुगल राष्ट्रिय टिमले विश्व कप क्वालिफायरको ३ खेल खेल्ने छ जुन रोनाल्डोलाई सो रेकर्ड पुग्न पर्याप्त हुन सक्ने छ।

मार्च २५मा पोर्चुगलले अजरबैजानको सामना गर्ने छ र मार्च २८मा सर्बिया सँग खेल्ने छ भने मार्च ३१मा पोर्चुगलले लक्जमबर्ग विरुद्ध खेल्ने छ। यी ३ टिम विरुद्धको खेलमा गोल गर्दै ऐतिहासिक रेकर्ड बनाउन रोनाल्डोलाई निकै ठुलो अवसर रहेको छ।

हाल रोनाल्डोको १०२ अन्तर्राष्ट्रिय गोल रहेको छ उनले ७ गोल गरे उनी अली डेईको रेकर्डमा पुग्ने छन् भने ७ भन्दा बढी गोल गरे उनी सबै समयको सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बन्ने छन्।