यो ब्राजिलियन स्टार साइन गर्न पिएसजीलाई नेमारको आग्रह

लिग वान क्लब पिएसजी अर्को वर्ष आफ्नो स्टार खेलाडी किलियन एम्बाप्पेलाई गुमाउने क्रममा रहेको छ भने पिएसजी उनको विकल्पको खोजी हुने कुरा स्पष्ट हुँदा क्लबका ब्राजिलियन स्टार नेमारले पिएसजीलाई लिड्स युनाइटेडका ब्राजिलियन विंगर राफिनहा साइन गर्न आग्रह गरेको जानकारी छ।

एम्बाप्पेले पिएसजी छोड्ने सम्भावना निकै धेरै रहेको छ भने उनले पिएसजी सँग आफ्नो सम्झौता पनि विस्तार गरेको छैन र हाल खबर अनुसार उनलाई रोक्न आफू असफल हुने देखा परे पछि पिएसजी नयाँ विकल्पको खोजीमा रहेको छ र लिड्सका राफिनहा पिएसजीको प्राथमिकता हुने छ।

२४ वर्षका ब्राजिलियन विंगरको प्रदर्शन प्रिमियर लिगमा धेरै उत्कृष्ट रहेको छ भने उनलाई साइन गर्न म्यानचेस्टर युनाइटेड, लिभरपुल जस्ता अन्य धेरै ठुलो क्लब इच्छुक रहेको चर्चा हुँदै गर्दा फ्रेन्च क्लब पिएसजीको नजर पनि उनी माथि रहेको जानकारी छ।

पिएसजीको योजना उनलाई एम्बाप्पेको विकल्पको रुपमा साइन गर्ने रहेको छ भने उनलाई साइन गर्न सुझाव ब्राजिलियन सुपरस्टार नेमारको रहेको जानकारी छ भने नेमारको मद्दतमा उनलाई साइन पिएसजीले साइन गर्न सक्ने पनि रिपोर्ट छ।