रियो फर्डिनान्ड सोच्छन् कि यस वर्षको बलोन डि’ओर रद्द गर्नुरोबर्ट लेवान्डोस्कीको लागि क्रूर हो – उनले जित्न सक्ने मौकालाई हटाउनु निकै दु: खको कुरा रहेको उनले बताए।
बायर्न म्युनिखका स्टार स्ट्राइकर यस सिजनमा विश्वकै सबैभन्दा घातक स्ट्राइकर मध्ये एक हुन् र यस सीजनमा ४४ खेलमा उनले ५३ गोल गरेका छन्।
.@rioferdy5 “I think he was the main candidate to win it. I fell quite gutted for him really that he’s not got it, I think he’ll be sick.” https://t.co/9na2AGHcGv
— SPORTbible (@sportbible) August 11, 2020
“मलाई लाग्छ, उहाँ यस समयमा विश्वको सर्वश्रेष्ठ खेलाडी हुन्,” पूर्व म्यानचेस्टर युनाइटेड डिफेन्डरले भने।
“मलाई लाग्छ बलोन डि’ओर जित्नेमा उनी मुख्य उम्मेद्वार थिए। मलाई लाग्छ कि उहाँ वास्तवमै जित्न योग्य थिए , यो सिजन उनको खेल उत्कृष्ट रहेको छ।
Ei so this year no ballon d’or for Lewandowski 🙁 pic.twitter.com/3DzchcEzr3
— Ohemeng👌🏾 (@TheRealKKO) August 9, 2020
“मलाई लाग्छ यो एकदम क्रूर कुरा हो। क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीले लामो समय सम्म यसमा हात राखेको छ, एक पटक लुका मोड्रिक आए र उनको एक वर्ष रह्यो।
“मेरो विचारमा लेवान्डोस्की मेस्सी र रोनाल्डोको स्तर मध्येको एक खेलाडी हुन्। “उनि सँग मौका थियो, उनि त्यहाँ पुग्न नजिक थिए, र त्यसपछि यो रद्द हुनु निकै दु:खको कुरा हो । ”