यो बर्सको ‘गोल अफ द यर’को दावेदार यो उत्कृष्ट ‘स्कोर्पियन किक’

बुन्डेसलिगामा बायर लेवरकुसेन र बोरसिया मोन्चेन्ग्लाडबच बीचको खेलमा मोन्चेन्ग्लाडबचका भ्यालेन्टिनो लाजारोले निकै उत्कृष्ट गोल गरे सो गोल उनले प्रसिद्ध ‘स्कोर्पियन किक’ शैलीमा गरे।

बायर लेवरकुसेन र बोरसिया मोन्चेन्ग्लाडबच बीचको खेलमा भ्यालेन्टिनो लाजारोले गरेका ‘स्कोर्पियन किक’ गोलको हाल धेरै चर्चा हुदै गरेको छ। धेरैको विश्वास छ कि उक्त गोल यो बर्सको पुस्कास अवार्ड अथवा ‘गोल अफ द यर’को मुख्य दावेदार हुने छ।

खेलको अतिरिक्त समयको ३ मिनेट तिर लाजारोले सो गोल गरेका थिए त्यो समय मोन्चेन्ग्लाडबच लेवरकुसेनसंग ४-२ले पछि रहेको थियो भने उनले आफ्नो टिमको लागि तेस्रो गोल गरे पनि हारबाट भने बचाउन सकेनन र खेल ४-३मा अन्त्य भयो।

हाल भ्यालेन्टिनो लाजारोको गोलको धेरै चर्चा हुदै गरेको छ र उनले यो बर्स पुस्कास अवार्ड जित्ने धेरैको विश्वास रहेको छ।