यो बर्ष बालोन डि ओर नजिते पनि भविष्यमा जित्ने छु- एमबाप्पे

पेरिस सेन्ट-जर्मेन स्टार काइलियान एमबाप्पेले आफुले बालोन डि ओर जित्न योग्य नभएको बताएका छन। तर भबिस्यमा भने जित्न सक्ने उल्लेख गरे।

एम्बाप्पेले आफुले जित्ने सम्भावना कम रहेको र कुनै पनि प्रतिष्ठित उपाधि नजितेको कारण उक्त सम्मानको लागि आफु त्येस सुचीमा नपर्ने जिकिर गरे।

यस बर्षे बेलन डि’ओर जित्न सकिन्छ कि भनेर सोध्दा, एमबाप्पेले भने: “यो बर्ष? तपाई यथार्थमा हेर्नुपर्छ, म यसको योग्य छैन। त्यहाँ खेलाडीहरू छन् जसले धेरै गरेका छन्।

“पिएसजीबाट, हामीले सबै घरेलु उपाधिहरू जित्न सकेनौ, च्याम्पियन्स लिगमा हामीले निराशाजनक प्रदशन गरौ भयौं।

“पक्कै पनि, व्यक्तिगत स्तरमा मैले धेरै ट्राफीहरू जितें, तर फुटबलमा एक्लैले खेल्ने हैन र यसलाई स्वीकार्नु पर्छ।

“मसँग यो जित्न अझै समय छ, म हतारमा छुइन।”