२४ बर्स अगाडी अली दियाले साउथेम्प्टनबाट प्रिमियर लिगमा आफ्नो पहिलो खेल खेले जुन उनको अन्तिम थियो। कथा यस्तो छ कि दियाले १९९५मा कुनै तरिकाले साउथेम्प्टनका कोचलाई विश्वास गराए कि उनि स्टार खेलाडी जर्ज वेहका भाइ हुन् र आफु १९९५को बलोन डि’ओर विजेता र वर्षका उत्कृष्ट खेलाडी जर्ज वेह रहेका भनेर उनले कोचलाई फोन पनि गरेका थिए।
📅 24 Years Ago Today:
🔴 Ali Dia made his @SouthamptonFC debut…
🔄 …coming on as a substitute for @MattLeTiss7.
📞 Phoning up Graeme Souness pretending to be George Weah.
😂 Said he was George Weah’s cousin.
🤯 You NEED to watch the story of Ali Dia! pic.twitter.com/S9UIoOG7Cy
— SPORF (@Sporf) November 23, 2020
उनले यो पनि दावी गरेका थिए कि उनी पेरिस सेन्ट-जर्मेनका खेलाडी थिए र आफ्नो देशको लागि ११ गोल गरेको उनको झूटो कथा थियो।
यो सबै बनावटी कथाबाट उनले सबैलाई मूर्ख बनाउँदै प्रिमियर लिगको क्लबमा एक महिनाको सम्झौता पाए र उनले खेल पनि खेले। १९९६को २३ नोभेम्बरमा ३३ नम्बरको जर्सीको साथ लिड्सको बिरुद्ध उनि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेस गरे।
#OnThisDay 20 years ago, Ali Dia almost netted on his #SaintsFC debut… 🙄 pic.twitter.com/5p3sALtOUS
— Southampton FC (@SouthamptonFC) November 23, 2016
तर उनको खेल निकै खराब थियो र उनलाई बल किक समेत गर्न नआउने देखिन्थ्यो। उनको खराब प्रदर्शन पछि कोचले उनलाई ८५ मिनेटमा केन मोनकुउ संग परिवर्तन गरे।
Happy Ali Dia Day everyone. #Keepit90s @mattletiss7 called him ‘Bambi on Ice’ pic.twitter.com/BNvCk0GwXp
— The 90s Football Podcast (@AK90s) November 23, 2018
यो कुरा स्पष्ट भयो कि दिया एक नक्कली खेलाडी थिए र उनले सबैलाई आफ्नो झूटो कथाबाट मूर्ख बनाएका थिए क्लबले सो पछि उनि संग आफ्नो सम्झौता रद्द गरेको थियो।