यो ट्रान्सफर सिजन बर्सिलोनाका ८ खेलाडी मात्र पुर्ण रुपमा सुरक्षित

एजेन्सी, स्पेनिश क्लब बार्सिलोना अर्को सिजनका लागि आफ्नो टोलि भारी रुपमा परिमार्जन गर्ने सोचमा छ। रिपोर्टका अनुसार क्लबका नयाँ अध्यक्ष जोआन लापोर्टाले टोलिलाई भारी रुपमा परिमार्जन गर्ने योजना बनाएका हुन्
रिपोर्टका अनुसार बर्सिलोनाका अस्कर मिङ्गुएजा, मोरिबा, फ्रेङ्कि डे यङ, रोनाल्ड अराउहो, पेड्रि, अन्सु फाटी, मेस्सी र मार्क आन्द्रे टर स्तेगेनलाई मात्र क्लबले यो ट्रान्सफर सिजन बेच्ने बारे सोच्ने छैन।

यो ट्रान्सफर सिजन बर्सिलोनामा धेरै नयाँ खेलाडी आउने र बाहिरिने आंकलन लगाइएको छ। अध्यक्ष जोआन लापोर्टाको टोलि भारी रुपमा परिमार्जन गर्ने योजना रहेता पनि क्लब आर्थिक रुपमा कम्जोर रहेको कारण अर्को सिजन क्लबका धेरै खेलाडीहरुले क्लब छाड्ने संभावना प्रबल देखिएको हो। रिपोर्टका अनुसार हाल बार्सिलोनाको मुख्य प्राथमिकता मेस्सीलाई क्लबमै बस्न मनाउनु रहेको छ।