यो ट्रान्सफर विन्डोमा हालण्डलाई भित्र्याउनेमा चेल्सी विश्वस्त

चेल्सीका मालिक रोमन अब्रामोविच विश्वस्त छन् कि चेल्सीले यस गर्मीमा बोरुसिया डर्टमन्डका युवा स्टार अर्लिङ हालण्डलाई साइन गर्ने छ। द ब्लुज नयाँ स्ट्राइकरको खोजीमा रहेको छ हालण्ड चेल्सीको मुख्य प्राथमिकता रहेको छ।

खबर अनुसार चेल्सीका मालिक रोमन अब्रामोविच हालण्डलाई साइन गर्न धेरै इच्छुक छन् र यो ट्रान्सफर विन्डोमा नै उनलाई साइन गर्ने उनको योजना रहेको छ।

म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, बार्सिलोना, रियल म्याड्रिड जस्ता क्लबहरू पनि उनलाई साइन गर्न इच्छुक रहेको खबर आउँदै गर्दा चेल्सी भने उनलाई साइन गर्ने कुरामा विश्वस्त रहेको जानकारी छ । रिपोर्टका अनुसार चेल्सीले हालण्डका लागि ठुलो रकमको साथ आफ्नो युवा खेलाडी ट्यामी अब्राहम पनि डर्टमन्डलाई दिन तयार हुने खबर छ।

 

रिपोर्टका अनुसार उनको रिलिज क्लज ७५-१०० मिलियन युरो तोकिएको छ जुन २०२२ मा मात्र लागू हुनेछ। उनी २०१९ मा २० मिलियन युरोमा साल्जबर्गबाट डर्टमन्डमा अनुबन्धित भएका थिए। उनले डोर्टमण्डका लागि ५९ खेलमा ५७ गोल गरी सकेका छन्।