यो ट्रान्सफर विन्डोमा रियल म्याड्रिड नछोड्ने हाजार्डको सङ्केत

ला लिगा क्लब रियल म्याड्रिड आफ्नो स्टार फोवार्ड इडेन हाजार्डलाई यो महिना बेच्ने प्रयासमा भए पनि हाजार्डले यो महिना क्लब नछोड्ने सङ्केत दिएका छन् रिपोर्ट अनुसार हाजार्डले रियलमा आफ्नो अवस्था वारे आफ्नो एजेन्ट सँग अर्को महिना मात्र वार्ता गर्ने छन् जुन बेला सम्म ट्रान्सफर विन्डोको बन्द हुने छ।

रियल म्याड्रिडले २०१९मा चेल्सीबाट हाजार्डलाई अनुबन्ध गर्न €११५ मिलियन र केही बोनस तिरेको थियो तर रियलमा उनको खेल सोचे अनुरूप हुन सकेको छैन र चोटको कारण धेरै जस्तो समय उनी मैदान बाहिर रहे भने रियल अब उनलाई बेच्ने तयारीमा रहेको छ।

रिपोर्ट अनुसार इडेन हाजार्डले अर्को महिना, फेब्रुअरीमा मात्र आफ्नो दुई एजेन्टहरू सँग रियल म्याड्रिडसँग आफ्नो अवस्थाको अध्ययन गर्नेछन्। रियल म्याड्रिड आउँदो केही हप्तामै उनलाई बेच्ने योजनामा रहेको छ तर हाजार्ड उक्त निर्णयले उनलाई यो ट्रान्सफर विन्डोमा बेच्ने रियलको योजना असफल हुन सक्ने छ।

यो सिजन हाजार्डले रियल म्याड्रिडको लागि केवल ७ खेल खेलेका छन् भने उनको फम राम्रो हुन सकेको छैन जसको कारण उनलाई बेच्न रियल म्याड्रिड इच्छुक रहेको छ।

चेल्सीको लागि ३५२ खेलमा ११० गोल र ९२ असिस्ट गरेका हाजार्ड रियलमा आए पछि धेरै चोटको सिकार भए भने उनले रियलमा हाल सम्म १० गोल पनि पुरा गर्न सकेका छैनन्।

अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हाजार्डको रियल म्याड्रिड भविष्य पनि अनिश्चित रहेको छ र हाजार्डले रियलमा आफ्नो अवस्था र भविष्य वारे आफ्नो एजेन्ट सँग अर्को महिना वार्ता गर्ने जानकारी छ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ