यो ट्रान्सफर विन्डोमा बेच्न रियलले बनायो खेलाडीहरूको सुची

हाल ट्रान्सफर विन्डो खुलेसँगै क्लबहरू खेलाडी किन-बचेमा सक्रिय रहेका छन् भने ला लिगा क्लब रियल म्याड्रिडले पनि आफ्नो खेलाडी बेच्ने योजना बनाएको छ।

हाल रियलको नाम पिएसजीका स्टार एम्बाप्पे सँग जोडिएको छ भने उनलाई साइन गर्न रियलले प्रयास गर्ने चर्चा हुँदै गर्दा रियलले आफ्नो १० खेलाडीहरू बेच्नको लागि सुची तयार गरेको खबर छ।

खबर अनुसार रियलले ७ खेलाडीलाई बेच्ने र ३ खेलाडीलाई लोनमा पठाउने योजना बनाएको छ। बेल, इस्को, सेबायोस, मार्सेलो, मेयरल, मारियानो र जोभिकलाई रियलले बेच्नको लागि सूचीमा राखेको र उक्त खेलाडीहरूलाई बेच्ने प्राथमिकता राखेको जानकारी छ भने ब्राहिम डियाज, कुबो र रेइनियरलाई लोनमा पठाउने वा लोन सम्झौता थप विस्तार गर्ने रियलको योजना रहेको छ।

हाल ट्रान्सफर विन्डो सुरु भए पछि क्लबहरू सक्रिय भएका छन् भने रियलले आफ्नो खेलाडीहरू अफ-लोड गर्न यो ट्रान्सफर विन्डोको प्रयोग गर्ने देखिन्छ। हाल रियलको प्राथमिकता एम्बाप्पे रहेको चर्चा हुँदै गर्दा आफ्नो खेलाडीहरि बेचेर एम्बाप्पे साइन गर्न रकम जुटाउने रियलको योजना रहेको पनि धेरै चर्चा छ।