यो ट्रान्सफर सिजन म्यान्चेस्टर युनाइटेडको कुल बजेट १५० मिलियन पाउन्ड

एजेन्सी,म्यानचेस्टर युनाइटेडको यो ट्रान्सफर सिजन कुल बजेट १५० मिलियन पाउन्ड रहेको बताइएको छ। रिपोर्टका अनुसार म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गुन्नर सोल्सरको सुचीमा सेन्टर-ब्याक, मिडफिल्डर, विङगर र स्ट्राइकर गरि ४ खेलाडी रहेका छन्।

रिपोर्टका अनुसार युनाइटेडको नजरमा राफायल भरान, डेक्लन राइस, जेडन सान्चो ,ह्यारी केन जस्ता खेलाडीहरु छन्। जेडन सान्चोको मुल्य मात्र ७५-८० मिलियन पाउन्ड रहेको छ। यी सबैलाई भित्र्याउने हो भने कुल खर्च ३०० मिलियन पाउन्ड भन्दा बढी हुन जाने भएकोले केही खेलाडीहरु मात्र युनाइटेडमा आउन सक्ने आंकलन गरिएको छ।

रिपोर्टका अनुसार सोल्सरलाई कम्तीमा पनि ३ फर्स्ट टिम प्लेयर्सहरु भित्र्याउन आग्रह गरिएको छ। सुचीमा रहेका खेलाडीहरुको मुल्य उच्च रहेकोले यो ट्रन्सफर सिजन जेस्सी लिङ्गार्ड, डियोगो डालोट, पल पोग्बा जस्ता केही खेलाडीहरु बाहिरिन सक्ने सम्भावना पनि रहेको छ।