“यो जर्सी एक साधारण जर्सी मात्र होईन र हामी क्रोधको साथ फर्कनेछौं”

युभेन्टसको फियोरेन्टिनासँगको ३-०को हार पछि अल्भारो मोराटाले क्लबका फ्यानहरुलाई सन्देश पठाएका छन् ।

फियोरेन्टिनासँग युभेन्टसले ३-०को हारको सामना गरेको थियो र क्लबका स्टारहरुले सो बारे बोलेका छन् भने हाल मोराटाले पनि सो खेल बारे र आउँदो खेलहरुको बारे बोलेका छन्।

उनले प्रशंसकहरुलाई क्रिसमसको शुभकामना दिएका थिए र फ्यानहरुलाई टोलीसँगै रहन आग्रह गरे।

उनले इन्स्टाग्राममा पोस्ट गरे: “सबैलाई शुभकामना। तपाईहरुको सबै चीज राम्रो होस् भन्ने मेरो कामना छ। यो नबिर्सनुहोस् कि हामी युभे हौँ: जब एक जटिल अवधि हुने गर्छ क्लबसँग हुने गर्छन, तर यो जर्सी कुनै साधारण जर्सी मात्र होइन र हामी क्रोध, बोध र दृढ संकल्पको साथ फर्कनेछौं।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ