यो कारण हालाण्डले म्यान्चेस्टर युनाइटेडबाट खेल्न अस्वीकार गर्न सक्ने

हाल अर्लिङ हालाण्ड फुटबलको को एक स्टार हुन् र उनको उत्कृष्ट प्रदर्शनको कारण धेरै क्लबको नजर उनी माथि रहेको छ भने उनको नयाँ गन्तव्यको ’bout पनि धेरै छलफल हुने गरेको छ।

रियल म्याड्रिड, चेल्सी, म्यान्चेस्टर सिटी र युनाइटेड उनको नयाँ क्लब हुन सक्ने धेरै चर्चा हुँदै गरेको बेला उनले युनाइटेड छनोट नगर्ने लिड्सका फ्यान बेनले टकस्पोर्ट्का रिपोर्टर सँग कुरा गर्दै दाबी गरे ।

उनको अनुसार हालाण्ड परिवार युनाइटेडलाई घृणा गर्छन् र यसको कारण अर्लिङ हालाण्डका बुवा अल्फ-इन्गे हालाण्ड र युनाइटेडका लेजेण्ड रोय कीन बिच भएको घटना रहेको छ।

२००१को म्यान्चेस्टर डर्बीमा रोय कीनले अर्लिङ हालाण्डका बुवा अल्फ-इन्गे हालाण्ड माथि निकै खराब र योजनाबद्ध ट्याकल गरे जसको कारण अल्फ-इन्गे हालाण्डको फुटबल क्यारियर अन्त्य भएको थियो।

सो कुराको कारण हालाण्ड युनाइटेड नजाने बेनले दाबी गरे: “उनी त्यहाँ जाने कुनै बाटो छैन । हालाण्ड परिवार म्यान युनाइटेडलाई घृणा गर्छन्। तपाईँहरूलाई उनको बुबा र रोय बिचको घटना याद छ होला, यस्तो कुरा याद गरेर उनी त्यहाँ किन जाने छन् ?”

“सिटी सँग युनाइटेड भन्दा बढी पैसा छ, म्याड्रिडले युनाइटेड भन्दा बढी पैसा तिर्न सक्छन्। कीनले उनको बुबाको क्यारियरको अन्त्य गरे। उनी यो युनाइटेड जाने कुरा पूर्ण बकवास हो।