यो कारण म्यान्चेस्टर युनाइटेडले एर्लिङ हालान्ड साइन नगरेको खुलासा

रेड बुल साल्जबर्गबाट म्यान्चेस्टर युनाइटेड युवा स्टार एर्लिङ हालान्ड साइन गर्न धेरै नजिक रहेको थियो तर अन्त्यमा उनि रेड बुल साल्जबर्गबाट बोरुसिया डर्टमन्ड गए।

गत सिजन रेड बुल साल्जबर्गमा हालान्डको सनसनीपूर्ण प्रदर्शन पछि उनि फुटबलको एक लोकप्रिय खेलाडी बनेका छन। सिजनको पहिलो हाफमाइ २२ खेलबाट २८ गोल गरेका हालान्डलाई साइन गर्ने धेरै क्लब इच्छुक थिए र उनको रिलिज क्लज मूल्य £१८ मिलियन मात्र रहेको थियो।

सो समय युनाइटेड उनलाई साइन गर्ने मुख्य दाबेदार रहेको थियो नर्वेका पुर्व खेलाडी ओले जो हाल युनाइटेडका कोच छन् उनि पनि हालान्डलाई युनाइटेडमा भित्राउन तयार रहेका थिए र दुई बीच राम्रो सम्बन्ध रहेको थियो।

तर अन्तिम समयमा म्यान्चेस्टर युनाइटेड उनलाई साइन गरेनन् खबर अनुसार युनाइटेड उनको एजेन्टको मागबाट खुसी थिएनन्। उनको एजेन्टले सम्झौतामा उनको रिलिज क्लज मात्र £६३ मिलियन राख्ने र ठुलो एजेन्ट शुल्कको माग गरेको कुरा खुलेको छ।

सो मागहरुको कारण क्लबका कार्यकारी उपाध्यक्ष एड वुडवर्डले उनलाई साइन गर्ने योजना रद्द गरेको कुरा खुलेक छ। ।

अन्त्यमा डर्टमन्डले उक्त मागहरु पुरा गर्दै उनलाई साइन गरे।