यो कारण म्यानचेस्टर युनाइटेडले हामेस रोद्रिगेसलाई साइन नगरेको खुलासा

हामेस रोद्रिगेस हाल प्रिमियर लिग क्लब एभरटनमा खेल्दै छन्। उनि रियलबाट एभरटनमा आए पछि उनको प्रदर्शन राम्रो रहेको छ भने उनले आफ्नो प्रतिभा पनि देखाएका छन्।

रियलमा धेरै खेल समय नपाए पछि उनले क्लब छोड्ने निर्णय लिए भने केहि क्लब उनलाई साइन गर्ने चासो देखाए अन्त्यमा उनि एभरटनमा आए।

खबर अनुसार रियल म्याड्रिडभन्दा पनि अगाडी २०१२मा म्यानचेस्टर युनाइटेड हामेस रोद्रिगेसको निगरानी गर्दै थिए र हाल खबर अनुसार युनाइटेडले अन्तिम समयमा उनलाई साइन गर्ने निर्णयबाट पछि हटेका थिए र सो कुराको मुख्य कारण भने उनि माथि युनाइटेडको विश्वास नरहेको खुलेको छ।

खबर अनुसार क्लबका स्काउटले उनको मूल्यांकनमा भनेका थिए कि उनको खेल शैली प्रिमियर लिगसँग मिल्दैन र उनलाई प्रिमियर लिगमा अनुकूल हुन गार्हो हुने छ।”

२०१४को विश्वकपमा हामेस रोद्रिगेसको उत्कृष्ट प्रदर्शन पछि उनलाई रियलले साइन गरेको थियो। रियलमा उनले धेरै खेल समय पाएनन् र हाल हामेस रोद्रिगेस एभरटनमा राम्रो खेल्दै छन् र उनले आफ्नो क्षमता प्रिमियर लिगमा पनि देखाएका छन्।