यो कारणले म्यान अफ द म्याच अवार्ड लिन पाएनन् फातीले

नोउ क्याम्पमा आइतबार राति भएको खेलमा बर्सिलोनाले भिल्लेरियाललाई ४-० ले पराजित गरेको थियो सो खेलमा युवा स्टार अंशु फातीले दुई गोल गरे।

उनको खेल निकै राम्रो थियो भने सो खेलमा उनि म्यान अफ द म्याचको हकदार थिए तर उनले उक्त अवार्ड लिन पाएनन् र उनले अवार्ड नजित्नुको कारण अनौठो रहेको छ।

फातीको उमेर कम रहेको कारण उनले सो खेलमा म्यान अफ द म्याच अवार्ड लिन पाएनन्। ला लिगाको म्यान अफ द म्याच अवार्ड बियर कम्पनी बडवाइज़रद्वारा प्रायोजित छ र उनि हाल मात्र १७ वर्षको भएको कारण उनले सो अवार्ड लिन नपाएको खुलेको छ।

सो अवार्डलाई हाल बडवाइज़रले प्रायोजित गरेको छ र स्पेनमा मादक पदार्थ सेवन गर्न १८ वर्ष हुन पर्ने कडा नियम रहेको छ।

उनको सट्टामा जोर्डी अल्बाले सो अवार्ड प्राप्त गरे। खेलकाे १५औं मिनेटमाअंशु फातीको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । उनले जोर्डी अल्वाले पासमा गाेल गरेका थिए ।

१९औं मिनेटमा फातीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनायो । फिलिपे कौटिन्होको पासमा कसैको निगरानीमा नरहेका फातीले उत्कृष्ट फिनिस गरेका थिए ।

३५औं मिनेटमा बार्सिलोनाले पेनाल्टीको अवसर पायो । मारियो गास्परले फातीलाई पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३-० ले अघि बढाए ।

पहिलो हाफको इन्ज्युरी समयमा पोउ टोरेसले आत्मघाती गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ४–० को आरामदायी अग्रता लिन सफल भयो । मेस्सीको क्रसलाई क्लियर गर्ने क्रममा टोरेसले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

जितसँगै बार्सिलोनाले ३ अंक जोडेको छ । भिल्लारियलको ३ खेलबाट ४ अंक रहेको छ ।