योकोहामा मरिनोस बिरुद्द म्यान्चेस्टर सिटीको सहज जित

प्रिसिजनमा रहेको म्यान्चेस्टर सिटीले जापानीज क्लब योकोहामा मरिनोस बिरुद्ध जित हासिल गरेको छ।

जापानमा निसान स्टेडियममा भएको खेलमा सिटीले ३-१ को जित निकालेको हो। पहिलो हाफको १८ औं मिनेटमा केभिन डे बूयनले सिटीलाई १-० को अग्रता दिलाए। त्यसपछि २३ औं मिनेटमा योकोहामा मरिनोसले १-१ को बराबरी गरे। उसका लागि ईन्दोले गोल गरे। ४० औं मिनेटमा इस्टलिङले गोल गदै  सिटीलाई २-१ मा पुराए।

त्यस पछि सिटीले १ गोल थपे। लुकासले अन्तिमको ९० औं मिनेटमा गोल गदै म्यान्चेस्टर सिटीलाई ३-१ को सहज जित दिलाए।