येही हप्ता न्यूकासल युनाइटेडको बिक्रि हुन सक्ने

प्रिमियर लिग क्लब न्यूकासल युनाइटेडको बिक्रिको स्वीकृति येही हप्ता भित्र घोषणा सक्ने खबर आएको छ।

£३०० मिलियनको सम्झौता अगाडि बढ्न सक्छ कि सक्दैन भन्ने बारे क्लब हाल प्रिमियर लिगको फैसलाको लागि प्रतिक्षा गर्दैछ ।

सउदी अरबियाका राजकुमारले न्यूकासल युनाइटेड खरिद गर्न खोजेको हो र अधिकारीहरूले यो सम्बन्धमा सावधानी अपनाउन आग्रह गरेका छन्, यद्यपि रिपोर्टहरू विश्वास गर्ने हो भने हप्ता भित्र क्लब बिक्रि बारे घोषणा हुने छ।

उक्त रिपोर्टका अनुसार: “प्रीमियर लिगगले साउदीको नेतृत्वमा न्यूकासलको टेकओभरको बारेमा घोषणा येही हप्ता भित्र गर्ने छ र उक्त प्रस्तवा स्वीकृति हुने छ।

“यो पनि खबर छ कि ३०० मिलियनको यो सम्झौता पारित हुन सक्छ किन कि साउदी र बेलायत सरकार बीच संलग्नता बढेको छ, र साउदी अरेबियासँग सम्बन्ध बलियो बनाउन बेलायत उत्सुक छ।”