येस कारण सन्दिप आज अस्ट्रेलिया जाँदै, पुरा जानकारी

बिश्व चर्चित लिगहरुमा सहभागीता जनाउदै आएका सन्दिप लामिछाने एक साता अघि नेपाल फर्किएका हुन।

सन्दिपले आइपिएलको दोस्रो सिजनमा पनि आफ्नो सहभागिता जनाए र राम्रो प्रभाब पार्न सफल पनि भए। नेपालमा केही दिन विश्राम गरेका सन्दिप आज अस्ट्रेलियाका लागि भ्रमण गर्ने कार्यक्रम रहेको छ।

नेपाली राष्ट्रिय टोलिका म्यानेजर रमन शिवाकोटीको जानकारी अनुसार सन्दिप आफ्नो ब्यक्तिगत कार्यका लागि अस्ट्रेलिया जान लागेका हुन।

यस भ्रमणमा सन्दिपले ब्यक्तिगत कार्य सङ्गै, बिबिएलको टिम मेल्बोर्न स्टार्स सङ्ग सल्लाह सुझाब कार्यक्रम साथै नेपाली खेलाडीहरुको प्रशिक्षण सम्बन्धि पनि वातावरण मिलाउने बुझिएको छ ।

यस अघि सन्दिप बिग ब्यास लिगमा सहभागी हुन अस्ट्रेलिया पुगेका थिए। सन्दिपले आफ्नो पहिलो बिग ब्यास लिगमा उत्कृष्ट प्रदर्शन पनि गरे ।

केही दिन पछि सुरुहुने प्रधानमन्त्री कपमा भने सन्दिपले सहभागिता नजनाउने कुरा गरेका जनाएका छन। पछिल्लो केहि समय निकैनै ब्यस्त रहेका लामिछानेले केही समय विश्राम गर्ने कुरा गरेका हुन ।