येस कारण रोनाल्डोले बार्सा संग को गोल मनाइएन

सिजनको अन्तिम एल क्लासिको २-२ को बराबरीमा सकिएको छ। निकैनै रोमाञ्चक खेलमा १० खेलाडीमा सिमित बार्सिलोनालाई जित्न बाट ग्यारेथ बेलले रोके। बेलले ७२ औं मिनेटमा उत्कृष्ट गोल गर्दै रियललाई बराबरी दिलाएका थिए।

खेलमा रियलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गरे पछि केही सेलिब्रेट गरेनन । गोल गरे पछि नमनाउनु को कारण भने आफ्नो पुर्ब म्यानेजर सर एलेक्स फर्गुसन अस्पतालमा खराव स्वस्थ्य भएको र दुख भोग्दै आउँदा आफ्नो गोलकोे सेलिब्रेट गर्न नसकेको बताए ।

उनले गोल किन सेलिब्रेट नगर्नु भएको भन्दा येसो भनिन्, ” मलाई फूटबल खेल्न सिकाउने ब्यक्ति अस्पतालमा पीडित हुदा म कसरी मनाउन सक्छु?” भनेर जवाफ दिइन ।

सुरुबाटै तनावपूर्ण देखिएको खेलमा अग्रता पनि घरेलु टोली बार्सिलोनाले लिएको थियो । उसका लागि खेलको १०औं मिनेटमा लुइस स्वारेजले आकर्षक गोल गरेका थिए ।
तर, बार्सिलोनाले अग्रता जोगाउन सकेन । गोल गरेको ४ मिनेटपछि नै रियलका लागि स्टार क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल बराबरी बनाए । त्यसपछि दुवै पक्षबाट गोल भएन । र, पहिलो हाफ १–१ को बराबरीमा सकियो ।

खेलको दोस्रो हाफमा सुरुबाटै तनाव र झडपका दृश्य देखिन थाले । सोहीक्रममा खेलको ५२औं मिनेटमा स्टार लिओनल मेस्सीले बार्सिलोनाका लागि गोल गरेपछि घरेलु टोलीले २–१ को अग्रता लियो ।

तर, बार्सिलोना फेरि पनि चुक्यो । खेलको ७२औं मिनेटमा रियलका लागि स्टार ग्यारेथ बेलले निकै दर्शनीय गोल गरे । र, हारतर्फ लागेको टोलीको उद्धार गरे ।