येस्तो छ युभेन्टसको नयाँ अवे जर्सी- फ्यानहरुको सकारात्मक प्रतिक्रिया

SHANGHAI, CHINA - JULY 25: Cristiano Ronaldo (L3) of Juventus attends the Juventus's new jersey presentation for the season 2019/2020 on July 25, 2019 in Shanghai, China. (Photo by VCG/VCG via Getty Images)

युभेन्टसले आफ्नो नयाँ अवे जर्सी सार्वजनिक गरेको छ उक्त डिजाइनलाई धेरै फ्यानहरुले प्रशंसा गरेको छ। नयाँ अवे जर्सी २०१९/२० सिजनको लागि प्रयोग हुने छ, उक्त जर्सीमा सेतो र रातो रंगको प्रयोग भएको छ र उत्कृष्ट देखिन्छ।

‘द ओल्ड लेडी’ ले नयाँ होम जर्सी सार्वजनिक गर्दा धेरै फ्यानहरु बाट नकारात्मक प्रतिक्रिया आएको थियो र क्लबको आलोचना पनि भएको थियो पारंपरिक डिजाइनलाई विलुप्त पार्न खोजेको आरोप लगाउंदै फ्यानहरु क्रोधित भएका थिए तर नयाँ अवे जर्सीमा राम्रो प्रतिक्रिया आउने क्रम जारी छ।