यू-१५ साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल भारतसँग

यू-१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

दक्षिण एसियाली फुटबल महासंघले मंगलबार सार्वजनिक गरेको खेल तालिकामा नेपालको पहिलो प्रतिद्वन्द्वी घरेलु टिम भारत परेको छ। प्रतियोगितामा ५ देशको सहभागिता छ।

नेपाले आफ्नो पहिलो खेल अगष्ट २१ मा भारतसँग प्रतिस्पर्धा गर्ने छ। कल्यानी रंगशालामा हुने खेलमा नेपालले दोस्रो खेल अगष्ट २३ मा श्रीलंकासँग र अगष्ट २७ मा तेस्रो खेल बंगलादेशसँग खेल्ने छ। अन्तिम खेल भने नेपालले भुटानसँग अगष्ट २९ मा खेल्नेछ।

यो प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा पुग्ने छ। फाइनल खेल भने अगष्ट ३१ मा हुनेछ।