यूरोपामा आर्सनल माथी भिलारियल विजयी

युरोपा लिग सेमिफाइनलको पहिलो खेलमा आर्सनलले भिलारियल सामु हार बेहोर्नु परेको छ। नेपाली समय अनुसार शुक्रबार बिहान १२:४५ मा सुरु भएको उक्त खेल २-१ मा टुंगिएको हो।
खेलको सुरुवाती ५ मिनेटमा नै चुक्वेजेको उत्कृष्ट पासमा त्रिगुएरेसले गोल गरि भिलारियललाई १-० को अग्रता दिलाए।
त्यसपछी खेलको २९ औ मिनेटमा अल्बिओलले भिलारियलको आग्रता दोब्बर बनाए।
३५ औ मिनेटमा भने आर्सनलको निकोलास पेपे माथी फल गरिएको थियो र रेफ्रले पेनाल्टी को इशारा गरेता पनि भि.ए.आरको निर्णय पछी आर्सनलले सो मौका गुमायो।
दोश्रो हाफको ५७ औ मिनेटमा अर्सेनलका ड्यनी सेबालोसले दोश्रो पहेँलो काड्र पाई खेल मैदान छाडेर जानु पर्यो जस्ले गर्दा आर्सनल दश खेलाडीमा सिमित रहन पुग्यो।
खेलको ७५ औ मिनेटमा भने भिलारियलका त्रिगुएरेसले आर्सनलका बुकायोको साका माथी फल गरे पछी आर्सनलले पेनाल्टीको आवसर पायो जुन निकोलास पेपेले गोलमा परिणात गरे।
खेलको ८० औ मिनेटमा भिलारियलको कापोउ पनि दोश्रो पहेँलो कार्डका साथ मैदानबाट बहिरिए।अन्त्यमा खेल २-१ मा टुंगियो।
यो नतिजा संगै आर्सनललाई फाइनल प्रवेशका निम्ति अर्को खेल जित्नै पर्ने दबाब रहेको छ। अर्को खेल मे ७ गते आर्सनलको घरेलु मैदानमा हुनेछ।