यु-१७ टिमहरुको खेलमा यस्तो झगडा भए पछि

ब्राजिलमा फ्लुमिनान्स र एटलेटिको पारानासेसको यु-१७ टिमको खेल सोमबार निकै तनाबपूर्ण बनेको थियो ।  खेलको क्रममा झगडा भए पछि खेलाडीहरु एक अर्कालाई कुंग फू किक हान्दै गरेको देख्न सकिन्थ्यो।

दुई खेलाडीको बीच सुरुमा फाउललाई लिएर केहि विवाद भएको थियो भने पछि दुई टिम बीच ठुलो झगडानै भयो, रेफ्रीले खेलाडीहरुलाई रोक्न खोजे पनि खेलाडीहरु एक अर्कालाई मुक्का हान्ने क्रममा पुगी सकेका थिए।

वैकल्पिक खेलाडीहरु पनि मैदममा छिरे पछि झगडा झन् ठुलो भएको थियो दुवै टिमको कोचले आफ्नो खेलाडीलाई रोक्न प्रयास गरे पनि खेलाडीहरु एक अर्कालाई किक र पन्च हान्नेमा व्यस्त थिए। अन्त्यमा कोचहरु उक्त झगडालाई रोक्न सफल भए।