युवा स्ट्राइकर डाका लेष्टर सिटिमा अनुबन्ध

एजेन्सी, पुर्व प्रिमियर लिग च्याम्पियन लेष्टर सिटिले युवा स्ट्राइकर प्यट्शन डाकालाई अनुबन्धित गरेको छ। बुधबार डाकालाइ अनुबन्धित गरेको सार्वजनिक गरेको हो।

डाकाले लेष्टर सिटिबाट पाँच बर्षको सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।

डाका यस अघि अस्ट्रियाका आरबि साल्स्बर्गबाट खेल्दै आएका थिए। उनले गत सिजन अस्ट्रियन लिगमा २८ खेलमा २७ गोल गरेका थिए।

साल्स्बर्गबाट ४ बर्ष बिताउदा १२५ खेलमा ६८ गोल गर्न सफल भएका थिए।

डाकाको पछिल्लो पलट लिभरपुल र आर्सनल जस्ता क्लबसंग पनि नाम जोडेको थियो।