बोरुसिया डर्टमन्डका स्टार युवा मिडफिल्डर जुड बेलिङ्घमलाई साइन गर्न क्लबहरू बिच प्रतिस्पर्धा हुने देखा परेको छ।
प्रिमियर लिग लिभरपुल जुड बेलिङ्घमलाई इङ्गल्याण्डमा फर्काउन इच्छुक रहेको छ तर उनलाई साइन गर्ने लिभरपुलले बायर्न म्युनिखलाई चुनौती दिनु पर्ने खबर छ। जर्मन क्लब बायर्न पनि उक्त युवा स्टारलाई साइन गर्न इच्छुक रहेको जानकारी छ भने आउँदो ट्रान्सफर विन्डोमा बायर्नले आफ्नो प्रयासलाई तीव्र गति दिने खबर छ।
🚨 NEW: Liverpool have been monitoring Jude Bellingham for some time. #awlive [liverpool echo] pic.twitter.com/cctREVxU0F
— Anfield Watch (@AnfieldWatch) December 10, 2021
२०२०मा बर्मिंघम सिटीबाट जुड बेलिङ्घम जर्मन क्लब बोरुसिया डर्टमन्डमा पुगेका थिए र उनको खेल निकै राम्रो रहेको छ। डर्टमन्डमा १८ महिना भित्र १८ वर्षका युवा स्टारले आफूलाई डर्टमन्डको एक महत्त्वपूर्ण खेलाडीको रुपमा स्थापित गरेका छन् भने उनको फमले युरोपको अन्य क्लबहरूको नजर उनी माथि पर्न सुरु भएको छ।
जुड बेलिङ्घम बर्मिंघम सिटीमा हुँदा पनि धेरै क्लबले उनलाई साइन गर्न प्रयास गरेको थियो तर डर्टमन्ड उनलाई साइन गर्न सफल भएको थियो।
🗞️ As rumours suggest, FC Bayern are very much interested in getting Jude Bellingham along with other top clubs. However, Jude has already confirmed many times he is very happy at Dortmund. His contract with BVB runs till 2025 with no clauses or agreements.
–@BILD_Sport 🌖#BVB pic.twitter.com/jFlzVG4iqK
— BVB Express (@BVBExpress) December 13, 2021
हाल १८ वर्षका युवा स्टार साइन गर्ने लिभरपुलको प्राथमिकता रहेको जानकारी छ भने लिभरपुलका कोच क्लोप उनको फ्यान रहेको चर्चा छ तर उनलाई साइन गर्न रेड्सले बायर्न म्युनिखलाई चुनौती दिन पर्ने हुने छ।