युवा स्टार साइन गर्ने प्रयासमा रियल म्याड्रिड

ला लिगा क्लब रियल म्याड्रिडले रेनेसका युवा मिडफिल्डर इडुवार्डो कामाभिन्गालाई साइन गर्ने योजना तयार गरेको छ।

मार्काका अनुसार हाल आर्थिक समस्याबाट प्रभावित रहे पनि रियल इडुवार्डो कामाभिन्गा साइन गर्नबाट पछि पर्न तयार छैन र युवा स्टार साइन गर्न रियल धेरै उत्सुक रहेको जानकारी छ।

१८ वर्षका युवा फ्रेन्च मिडफिल्डर साइन गर्न रियल धेरै समय देखि इच्छुक थियो र आउँदो समय रियलको ट्रान्सफर योजनामा उनी एक महत्त्वपूर्ण खेलाडी हुने खबर छ।

१८ वर्षका कामाविन्गाको खेल निकै राम्रो छ भने उनले फ्रेन्च राष्ट्रिय टिमबाट पनि डेब्यु गरेका छन्।

उनलाई साइन गर्न अन्य क्लब पनि इच्छुक छन्। ला लिगा क्लब रियल म्याड्रिडको नजर धेरै समय देखि उनी माथि रहेको छ। फ्रेन्च कोच जिदान उनी सँग नजिक रहेको पनि चर्चा छ।

प्रिमियर लिग क्लब लिभरपुल पनि उनलाई साइन गर्न इच्छुक रहेको खबर छ।