फ्रेन्च युवा स्टार साइन गर्दै रियल म्याड्रिड

ला लिगा क्लब रियल म्याड्रिड रेनेसका युवा मिडफिल्डर इडुवार्डो कामाभिन्गालाई साइन गर्न धेरै नजिक पुगेको खबर छ।

एम्बाप्पे साइन गर्न सक्ने धेरै चर्चाहरू चल्दै गर्दा रियलले रेनेसका युवा स्टार इडुवार्डो कामाभिन्गालाई भने साइन गर्न सफल हुने देखा परेको छ। युवा स्टार साइन गर्न रियल धेरै समय देखि इच्छुक रहेको थियो कामाभिन्गा पनि रियलमा खेल्न इच्छुक रहेको धेरै खबर आएको थियो भाने हाल इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोका अनुसार रियलले साइन उनलाई साइन गर्ने कुराको पुष्टि भएको छ।

१८ वर्षका युवा फ्रेन्च मिडफिल्डर साइन गर्न रियल धेरै समय देखि इच्छुक थियो भने उनलाई साइन गर्न चेल्सी, म्यान्चेस्टर युनाइटेड, पिएसजी जस्ता क्लब पनि इच्छुक थिए भने हाल सो दौड रियलले जित्ने देखा परेको छ भने रियलले उनको लागि ३१ मिलियन युरो तिर्ने खबर छ।

१८ वर्षका कामाविन्गाको खेल निकै राम्रो छ भने उनले फ्रेन्च राष्ट्रिय टिमबाट पनि डेब्यु गरेका छन्।

रेनेस सँग कामाविन्गाको सम्झौतामा १ वर्ष मात्र बाँकी रहेको छ र उनलाई फ्री एजेन्टको रुपमा क्लब छोड्नबाट रोक्न रेनेस यो ट्रान्सफर विन्डोमा उनलाई बेच्न बाध्य हुने छ।