युवा स्टार खेलाडी भित्र्याउने दौडमा रियल मड्रिड र म्यान्चेस्टर युनाइटेड

एजेन्सी, फ्रेन्च क्लब रेन्सका युवा स्टार खेलाडी एड्वार्डो कामाविङा माथी इङलिस क्लब म्यान्चेस्टर युनाइटेडको नजर परेको छ। रिपोर्टका अनुसार १८ वर्षका मिड्फिल्डर कामाविङा भित्र्याउन म्यान्चेस्टर युनाइटेडका साथसाथै रियल मड्रिड पनि इच्छुक छन्।

रिपोर्टका अनुसार उनी थप एक वर्षका लागि मात्र रेन्समा अनुबन्ध छन् र अर्को वर्ष फ्री एजेन्टका रुपमा अर्का क्लब जान सक्ने हुँदा रेन्स उनलाई आउँदो ट्रान्सफर सिजन नै बेच्न इच्छुक छन्। उनको मूल्य करिब ४७ मिलियन पाउन्ड रहेको आंकलन गरिएको छ। रिपोर्टका अनुसार म्यान्चेस्टर युनाइटेड र रियल मड्रिडका साथसाथै अन्य थुप्रै युरोपियन क्लबहरुको नजर पनि उनी माथी रहेको छ।
१८ वर्षका फ्रेन्च मिड्फिल्डर कामाविङाले आफ्नो राष्ट्रिय टोलिका लागि ३ खेल खेल्नुका साथै एक गोल पनि गरि सकेका छन्। उनी युरोपकै युवा प्रतिभासाली खेलाडीहरु मध्ये एकको रुपमा चिनिन्छन्।