बार्सिलोनाले आफ्नो युवा मिडफिल्डर कार्लेस एलेनालाई गेटाफेमा लोनमा पठाएको छ र उनले सिजनको बाँकी समय गेटाफेमा बिताउनेछन्।
Koeman: “Aleña has decided to leave for himself. He actually did take the decision to leave.” pic.twitter.com/fRwmip279v
— Barça Universal (@BarcaUniversal) January 6, 2021
सो लोन सम्झौताबारे बार्सिलोनाका कोच रोनाल्ड कोम्यानले हाल बोलेका छन्। उनले बताए मिडफिल्डर एलेना लोन सम्झौतामा गेटाफेमा सामेल हुने खेलाडीकै निर्णय थियो।
एलेनाले अहिलेसम्म क्याटालान क्लबको लागि एक खेलमा सुरु गरेका छन् – च्याम्पियन्स लिगमा किभको बिरूद्ध जीतमा उनले मौका पाएका थिए भने उनि पहिलो टिममा नियमित खेल समयको खोजीमा थिए।
⚠️ Aleñá decided to leave on loan after the game against Huesca. He didn’t want to but he felt very bothered after Koeman said the young players would have few chances and he didn’t play a single minute, despite Coutinho’s injury (via @MartaCarreras_)
— FCBarcelonaFl (@FCBarcelonaFl) January 6, 2021
हाल उनले लोनमा क्लब छोडे पछि सो बारे क्लबका कोच कोम्यानले बोलेका छन्।
सो लोन कदमलाई औपचारिक बनाउनु अघि डिएरियो स्पोर्ट संग कुरा गर्दै कोम्यानले भने: “हामीसँग खेलाडीहरू छन् जसले आफू बस्ने वा छोड्ने निर्णय गर्न सक्ने छन्। उनले क्लब छोड्ने निर्णय गरेका छन् ।”