युवा स्टारका लागि प्रस्ताव गर्न म्यान्चेस्टर युनाइटेड नजिक

एजेन्सी, फ्रेन्च क्लब रेन्सका युवा स्टार खेलाडी एड्वार्डो कामाविङाका लागी प्रस्ताव गर्न म्यान्चेस्टर युनाइटेड नजिक रहेको छ। रिपोर्टका अनुसार १८ वर्षका मिड्फिल्डर कामाविङा भित्र्याउन म्यान्चेस्टर युनाइटेडका साथसाथै रियल मड्रिड र पि.एस.जि पनि इच्छुक छन्।

उनी थप एक वर्षका लागि मात्र रेन्समा अनुबन्ध छन् र अर्को वर्ष फ्री एजेन्टका रुपमा अर्का क्लब जान सक्ने हुँदा रेन्स उनलाई आउँदो ट्रान्सफर सिजन नै बेच्न इच्छुक रहेको भनिएको छ। रिपोर्टका अनुसार क्लबहरुले उनलाई ३० मिलियन युरोमा नै भित्र्याउन सक्ने सम्भावना पनि रहेको छ। धेरै युरोपेली क्लबहरु उनलाई भित्र्याउने दौडमा रहेता पनि युनाइटेड उक्त दौडमा अगाडि रहेको भनिएको छ। रिपोर्टका अनुसार फ्रेन्च क्लब पि.एस.जिले यस अवस्थालाई नजिकैबाट नियालिरहेको छ।
१८ वर्षका फ्रेन्च मिड्फिल्डर कामाविङाले आफ्नो राष्ट्रिय टोलिका लागि ३ खेल खेल्नुका साथै एक गोल पनि गरि सकेका छन्। उनलाई युरोपकै युवा प्रतिभासाली खेलाडीहरु मध्ये एकको रुपमा लिइएको छ।