डर्टमण्डका युवा स्टार एर्लिङ हालान्ड साइन गर्ने दौडमा चेल्सी पनि सामेल हुने खबर छ।
Chelsea are willing to break their transfer record to sign Erling Haaland from Borussia Dortmund in the summer, according to The Athletic 🤑 pic.twitter.com/hQWdGbbU08
— Goal (@goal) January 18, 2021
म्यानचेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड र रियल म्याड्रिड जस्तो क्लबहरु हालान्ड साइन गर्न इच्छुक छन् र धेरै क्लब बीच उनको लागि प्रतिस्पर्धा हुने देखा परेको बेला चेल्सी पनि उनि माथि इच्छुक रहेको खबर छ।
खबर अनुसार युवा सुपरस्टार साइन गर्न चेल्सी आफ्नो ट्रान्सफर रेकर्ड तोड्न तयार हुने छन्। द एथलेटिकका साइमन जोनसनका अनुसार चेल्सीले आउँदो गर्मीको विन्डोमा हालान्ड साइन गर्न प्रयास गर्ने छ।
Chelsea willing to smash transfer record for Erling Haaland but could land him for just £66m from Dortmund in 2022. pic.twitter.com/1ZV93XN9tB
— Frank Khalid (@FrankKhalidUK) January 18, 2021
हालान्डको मूल्य £८० मिलियन हुने खबर हुँदा चेल्सीले सो रकम भन्दा माथि तिर्न तयारी गर्ने खबर छ।
युवा स्ट्राइकरको प्रदर्शन निकै राम्रो रहेको छ। २० वर्षका स्टारले क्लबमा ३५ गोल गरिसकेका छन् र उनको प्रदर्शनको कारण धेरै क्लबको चासो उनि माथि रहेको छ।