युवा फोवार्ड साइन गर्न लिभरपुल र चेल्सी बीच प्रतिस्पर्धा

सिरी ए क्लब फियोरेन्टिनाका युवा फोवार्ड डुसान भ्लाहोभिक साइन गर्न दुई प्रिमियर लिग क्लब बिच प्रतिस्पर्धा रहेको खबर छ।

सर्बियाका २१ वर्षका स्टार फोवार्डको खेल इटालियन क्लब फियोरेन्टिनामा निकै राम्रो रहेको छ। उनले हाल सम्म सिरी एमा ३७ खेल खेल्दै २१ गोल गरेका छन्। हाल खबर अनुसार उनलाई साइन गर्न लिभरपुल र चेल्सी इच्छुक रहेको छ।

हाल चेल्सी नयाँ स्ट्राइकरको को खोजीमा रहेको छ भने लिभरपुल पनि २०२०/२१ सिजनमा आफ्नो फोवार्डबाट धेरै खुसी नरहेको देखिन्छ र हाल खबर अनुसार दुई क्लबको नजर फियोरेन्टिनाका युवा फोवार्डमा रहेको छ।

उनको लागि फियोरेन्टिनाले £६० मिलियन सम्मको माग गर्न सक्ने खबर रहेको छ। इटालियन क्लब युभेन्टसको नाम पनि उनी सँग जोडिएको थियो भने युभे £६० मिलियन तिर्न अनिच्छुक देखिन्छ भने लिभरपुल र चेल्सी उनलाई साइन गर्न सो रकम तिर्न तयार हुने जानकारी छ।

सिरी एमा डुसान भ्लाहोभिकको निकै राम्रो खेल रहेको थियो भने उनको माथि अन्य धेरै क्लबको नजर हुँदा हाल लिभरपुल र चेल्सी बिच उनलाई साइन गर्न प्रतिस्पर्धा हुने चर्चा छ।