युवा डिफेन्डर साइन गर्न रियल र म्यानचेस्टर युनाइटेड बीच प्रतिस्पर्धा हुने

सेभिल्लाका डिफेन्डर जुलेस कौंडे साइन गर्न रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेड बिच प्रतिस्पर्धा हुने खबर रहेको छ।

म्यानचेस्टर युनाइटेडले धेरै समय देखि आफ्नो नजर जुलेस कौंडेमा राख्दै गरेको खबर छ भने अर्को सिजन युनाइटेडले २२ वर्षका उक्त डिफेन्डरलाई साइन गर्न प्रयास गर्ने खबर आउँदै गर्दा ला लिगा क्लब रियल म्याड्रिड पनि उनलाई साइन गर्न इच्छुक रहेको खबर छ।

खबर अनुसार जिदान उक्त फ्रेन्च डिफेन्डर साइन गर्न इच्छुक छन् र क्लबमा सर्जियो रामोस र राफाएल भरानको भविष्य अनिश्चित हुँदा रियल नयाँ डिफेन्डरहरूको खोजीमा रहेको हो।

रियलले बायर्न म्यूनिखका स्टार डिफेन्डर डेभिड अलाबालाई पनि साइन गरेको छ भने हाल थप एक डिफेन्डर साइन गर्ने रियलको योजना रहेको खबर छ।

जुलेस कौंडेको रिलिज क्लज हाल £७८ मिलियन रहेको छ र उनलाई £५२ मिलियन सम्म साइन गर्ने क्लबहरूको इच्छुक रहेको जानकारी छ।