युवा डिफेन्डर भित्र्याउन म्यान्चेस्टर सिटि इच्छुक

एजेन्सी, पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनका युवा खेलाडी नुनो मेन्डेस भित्र्याउन इङलिस क्लब म्यान्चेस्टर सिटि इच्छुक देखिएका छन्। रिपोर्टका अनुसार मेन्डेसको मुल्य करिब ५० मिलियन युरो रहेको छ।

म्यान्चेस्टर सिटिकै छिमेकी क्लब म्यान्चेस्टर युनाइटेड पनि उनलाई भित्र्याउन इच्छुक भनिएता पनि मेन्डेस भित्र्याउने दौडमा हाल सम्म युनाइटेड देखिएको छैन। रिपोर्टका अनुसार स्पोर्टिङ लिस्बनले उनको मूल्य ५० मिलियन युरो तोकेता पनि सिटि उनका लागि ५० मिलियन युरो तिर्न भने इच्छुक छैनन्।
१९ वर्षका पोर्चुगिज लेफ्ट ब्याक मेन्डेसले स्पोर्टिङ लिस्बनका लागि ४४ खेल खेली सकेका छन्। उनी स्पोर्टिङका लागि एक गोल गर्न पनि सफल भएका छन्। उनले आफ्नो राष्ट्रिय टोलिका लागि पनि ५ खेल खेलेका छन्।