युवा खेलाडी भित्र्याउन म्यान्चेस्टर युनाइटेड र सिटि बिच प्रतिस्पर्धा

एजेन्सी, स्पोर्टिङ लिस्बनका युवा खेलाडी भित्र्याउन दुई छिमेकी क्लब म्यान्चेस्टर युनाइटेड र सिटि बिच प्रतिस्पर्धा चलिरहेको छ। रिपोर्टका अनुसार १८ वर्षका स्पोर्टिङ लिस्बनका युवा स्टार डिफेन्डर नुनो मेन्डेस भित्र्याउन यी दुई क्लब बीच प्रतिस्पर्धा चलिरहेको हो।

रिपोर्टका अनुसार दुवै क्लब ५२ मिलियन पाउन्डमा नुनो मेन्डेसलाई भित्र्याउन चाहान्छन्। नुनो मेन्डेसका एजेन्ट मिगुएल पिन्हो अर्का म्यान्चेस्टर युनाइटेडका खेलाडी ब्रुनो फर्नान्डेजका एजेन्ट पनि हुन्। ब्रुनो फर्नान्डेज पनि स्पोर्टिङ लिस्बनबाटै म्यान्चेस्टर युनाइटेडमा अनुबन्ध भएका थिए।
१८ वर्षका पोर्चुगिज लेफ्ट ब्याक मेन्डेसले स्पोर्टिङ लिस्बनका लागि ४४ खेल खेली सकेका छन्। उनी स्पोर्टिङका लागि एक गोल गर्न पनि सफल भएका छन्।