प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी २० वर्षीय अर्जेन्टाइन डिफेन्सिभ मिडफिल्डर म्याक्सिमो पेरोनलाई साइन धेरै नजिक पुगेको जानकारी छ।
Manchester City will sign Argentinian top talent Máximo Perrone from Vélez, verbal agreement confirmed and here we go — deal at final stages. 🔵🇦🇷 #MCFC
Perrone will not join City Group clubs, but directly Man City right after the Sudamericano Sub20.
Deal worth $8m plus taxes. pic.twitter.com/tkClu7MNrD
— Fabrizio Romano (@FabrizioRomano) December 31, 2022
अर्जेन्टाइन क्लब भेलेजबाट उनलाई साइन गर्ने क्रममा म्यानचेस्टर सिटी रहेको छ। इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोका अनुसार भेलेज र म्यानचेस्टर सिटी बिच मौखिक सहमति भैसकेको छ र दुई बिचको वार्ता अन्तिम चरणमा पुगेको र सम्झौता हुन धेरै नजिक रहेको उनले जनाएका छन्।
उनलाई सिटीले ८ मिलियन अमेरिकी डलरमा साइन गर्ने जानकारी छ। म्याक्सिमो पेरोनको खेल निकै राम्रो रहेको छ भने हाल उनी अर्जेन्टिनाको यु२० टिममा रहेका छन् र यो महिना अर्जेन्टिनाको साथ उनले दक्षिण अमेरिकी युवा फुटबल च्याम्पियनसिप खेल्ने छन्।
दक्षिण अमेरिकी युवा फुटबल च्याम्पियनसिपको अन्त्य भए पछि मात्र उनी म्यानचेस्टर सिटीको टिममा सामेल हुने जानकारी रहेको छ।
क्लब स्तरमा उनी हाल अर्जेन्टाइन क्लब भेलेजबाट खेल्ने गर्छन्। हाल सम्म उनले उक्त क्लबको लागि ३३ खेल खेल्दै ३ गोल र २ असिस्ट गरेका छन्।