युरो २०२० मा स्कट्ल्याण्ड माथी चेक रिपब्लिक विजयी

एजेन्सी, युरो २०२० अन्तर्गत स्कट्ल्याण्ड र चेक रिपब्लिक बीचको खेल चेक रिपब्लिकले २-० को अन्तरले जितेको छ। नेपाली समय अनुसार जुन १४ सोमबार साँझ ६:४५ मा भएको ग्रुप डि को उक्त खेल चेक रिपब्लिकले २-० को अन्तरले जितेको हो।

पहिलो हाफको ४२ औ मिनेटमा भ्लादामिर कुफलको पासमा पाट्रिक सिकले गोल गरि चेक रिपब्लिकलाई १-० को अग्रता दिलाए।
दोश्रो हाफको ५२ औ मिनेटमा सुचेकको पासमा पुनः पाट्रिक सिकले गोल गरि चेक रिपब्लिकको अग्रतालाई २-० बनाएका थिए। त्यसपछि दुवै पक्षले गोल गर्ने केही सुनौलो मौका पाएता पनि त्यसलाई गोलमा परिवर्तन भने गर्न सकेनन् र खेल २-० को अन्तरले चेक रिपब्लिकले जित्यो।
स्कट्ल्याण्डले अर्को खेल इङ्ल्याण्ड विरुद्ध नेपाली समय अनुसार जुन १९ शनिबार बिहान १२:४५ मा खेल्दै छ भने चेक रिपब्लिकले अर्को खेल क्रोएसिया विरुद्ध नेपाली समय अनुसार जुन १८ शुक्रबार राती ९:४५ मा खेल्दै छ।