युरो २०२० मा फिनल्यान्ड माथी रसीया विजयी

एजेन्सी, युरो २०२० अन्तर्गत फिनल्यान्ड र रसिया बीचको खेल रसियाले १-० को अन्तरले जितेको छ। नेपाली समय अनुसार जुन १६ बुधबार साँझ ६:४५ मा भएको ग्रुप बि को उक्त खेल रसियाले १-० को अन्तरले जितेको हो।

पहिलो हाफको ५ औ मिनेटमा फिनल्यान्डले गोल गरेता पनि भि.ए.आरले उक्त गोललाई अफसाइड घोषित गरेको थियो। ४५ औ मिनेटको थप समयमा भने आर्टेम जुबाको पासमा अलेक्सेइ मिरान्चुकले गोल गरि रसियालाई १-० को अग्रता दिलाए।
दोश्रो हाफमा दुबै पक्षले गोल गर्ने केही सुनौलो मौका पाएता पनि थप कुनै गोल हुन सकेन र खेल अन्त्यमा रसियाले १-० को अन्तरले जित्यो।
रसिया अर्को खेल डेनमार्क विरुद्ध नेपाली समय अनुसार जुन २२ मंगलबार बिहान १२:४५ मा खेल्दै छ भने फिनल्यान्ड पनि अर्को खेल बेल्जियम विरुद्ध नेपाली समय अनुसार जुन २२ मंगलबार बिहान १२:४५ मा नै खेल्दै छ।